आज: २०८३ जेष्ठ ७, बिहिबार | Thu, 21, May, 2026

नगरप्रहरीको दुर्व्यवहारमा परेकी काफल बेच्ने महिलालाई क्षतिपूर्ति प्रदान

२०८३ जेष्ठ ७, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

धादिङ – ७ जेठ ।

कर्णालीको वीरेन्द्रनगर नगरपालिकास्थित बजारमा डालामा काफल लिएर बेच्दै हिडेकी एक मजदुरी महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेपछी उक्त तस्वीर बुधबार सामाजिक संन्जालमा भाइरल भएको थियो ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई सोही नगरपालिकामा कार्यरत नगर प्रहरीले काफल पोखाइ दिँदै दुर्व्यवहार गरेको घटनाको तस्वीर जताततै भाइरल भएको हो ।

नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा जेठ ५ गते मङ्गलबार साँझ नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै हिडेकी एक मजदुरी महिलामाथि दुर्व्यवहार भएको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सो कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति वापत केही रकम दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले जानकारी दिए । नगरपालिकाले सोही घटनामा परेकी पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको हो।

नगर प्रहरीले काफल बेच्दै गरेकी ति महिलाको काफलसहितको डालो तानेर घोप्ट्याउँदा काफल भुइँभरी छरपस्ट भएको र उनी रोइकराइ गरेको भिडियो सामाजिक संन्जालमा भाइरल भएको थियो। त्यस घटनाले नगरप्रहरीको दुर्व्यवहार र नगरपालिकाको नागरिक प्रतिको सेवाबारे सर्वत्र आलोचना भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस