आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

अत्याधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बर्दिबासका विद्यालय बन्द

२०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ३११ पटक पढिएको
नारी बाटिका


महोत्तरी- २१ जेठ ।

केही दिनदेखी तातो लहरले अत्याधिक गर्मी बढेपछी महोत्तरीको बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

अत्यधिक गर्मी बढेकोले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने भएकोले बिहीवार र शुक्रबार २२ जेठसम्म दुई दिन नगर क्षेत्रका सामुदायिक,संस्थागत र धार्मिक विद्यालयहरू सबै बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिए।

बर्दिबास जिल्लामा ५५ सामुदायिक, अन्य संस्थागत र धार्मिक गरी ८० वटा विद्यालयहरु छन् । शनिवारदेखी अत्याधिक रुपमा गर्मी बढेपछी मध्यान्हतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहेको छ।

गत आइतवार पनि गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए। उपचारपछि सबै छात्राहरुलाई निको भएपनि दिउँसो पख विद्यालयमा वेहोस हुन थालेकोले दुई दिनको लागी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले बताएको छ।

दिनदिनै दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ। यसले तराई क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ। त्यस्तै एकरदुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल भैइरहेको अन्य छिमेकी पालिकाहरुले बताएका छन् ।

गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य विद्यायमा भने छलफल चलिरहेको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताए।

केही दिनदेखी गर्मी अत्यधिक रुपमा बढेको छ । पहाडी भुभागको तुलनामा तराई भुभागमा अझै धेरै तातो हुने भएकोले विद्यालय पढ्न जाने ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा पर्ने गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस