आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

कांग्रेसको पाँच लाखभन्दा बढीले क्रियाशील सदस्यता नवीकरण सम्पन्न

२०८३ जेष्ठ २६, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ — २६ जेठ

नेपाली कांग्रेसका पाँच लाखभन्दा बढी सदस्यले क्रियाशील सदस्यता नवीकरणका लागि आवेदन दिएका छन्।

यसअघी नै कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नविकरण गराई सकेको भएतापनि गत फागुन २१ को निर्वाचनमा पार्टीको क्रियाशील सदस्यता लिएकाहरुले पनि उता घण्टी भोट हालेर काँग्रेसका उम्मेद्वारलाई चुनाब हराएपछी अब अशली र सुद्ध काँग्रेस मात्रै पार्टीको सदस्यमा रहुन् भन्ने उदेस्यले पुन कृयाशील सदस्यलाई अध्यावधी गर्न थालिएको हो ।

पार्टीको क्रियाशील सदस्य व्यवस्थापन केन्द्रीय समितिले सोमबार अपरान्हसम्म पाँच लाख,१५ हजार ८९६ जनाले क्रियाशील सदस्यहरूले आफ्नो सदस्यता नवीकरणको लागी आवेदन गरेका हुन् । यसरी पहिलो पटक नेपाली कांग्रेसको डिजिटल प्रणाली मार्फत शोमबार २०८३ जेठ २५ गते ५ः०० बजे सम्मको संख्या भएको पार्टी केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै पार्टीको सदस्यता अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले एनसीआईडी प्राप्त गरिसकेको र ९८ हजार १ सय ४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरी अद्यावधिक प्रकृयामा रहेको जानकारी दिइएको थियो ।

शोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि थप गरिएको मिति यही २०८३ जेठ २८ गतेसम्मको लागी समय तोकेको छ।

पार्टीको क्रियाशील सदस्यता लाई अध्यावधी गर्ने कार्य सकी कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा डिजिटल प्रणाली मार्फत अद्यावधिक गरेका पार्टी सदस्यहरूको विशिष्ट पहिचान सृजना गरी पार्टीका प्रत्येक क्रियाशील सदस्यलाई एनसीआईडी ९ल्ऋक्ष्म्० उपलब्ध गराइने जनाएको छ।

त्यस्तै महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यले प्राप्त गरेको एनसीआईडी नै प्रमुख आधार हुने भएकोले नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यहरुले अनिवार्य रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न अनुरोध गरेको हो।

यससंगै कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार योग्यता पुगेका कुनै पनि नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउने कार्यलाई अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस