
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिड॰ -२९ जेठ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै हाल देशैभरका निजी तथा सामुदायिक संन्चार माध्य र पत्रकारहरु आन्दोलनमा छन् । 
सोही क्रममा देशैभर आन्दोलनमा रहेका पत्रकारहरुले नेपाल सरकारका सबै जिल्लाको सिडियो कार्यालयमा धर्ना दिने कार्यक्रम भैइरहेको छ । सोही बमोजिम धादिङका क्रियाशील संन्चार माध्यममा कार्यरत पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धादिङको मुल गेटमा दोस्रो चरणको धर्ना गरिएको हो ।
मिडिया विरोधी तथा स्वीच्छाचारी सरकारी कदमको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नेतृत्वमा आन्दोलनमा रहेका पत्रकारहरुले शुक्रबार प्रशासनको मुल गेटमा धर्ना दिएका हुन् । धर्नामा पत्रकारहरुले आफ्नो क्यामेरा, डायरी, पेन लगायत सामग्री भुईमा राखेर व्यानरसहित विरोधमा उत्रिएका थिए । 
सरकारले प्रेस स्वन्त्रता विरोधी नीति फिर्ता नलिएसम्म पत्रकार महासंघ आन्दोलन मै रहेको र उक्त विषयमा सरकारले कान थुनेर र आँखा चिम्मेलेर बसीरहने अवस्था हो भने महाँसंघले थप आन्दोलनका चरणहरु लम्बिन सक्ने अवस्था छ । 
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी हकको रक्षा गर्नुपर्ने,सूचना र विज्ञापन सम्बन्धी विभेद तथा स्वेच्छाकारी निर्णय खारेज गर्नुपर्ने माग रहेको छ । यदी सरकारले निजी संन्चारमाध्यको हित विपरित कार्य गर्दै गए नेपाल पत्रकार महासंघले चरणवद्ध रुपमा आन्दोलन गर्ने पत्रकार महाँसंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताउनु भयो ।
यसैगरी यसअघि गत बुधबार पनि जिल्ला प्रशासन कार्यालय धादिङको मूल गेटैमा पत्रकारहरूले धर्ना दिएका थिए।








प्रतिक्रिया दिनुहोस