
नारी बाटिका
नारी वाटिका डट्कम
चितवन -१० असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको नाम इन्ट्री गर्न मै ६ घण्टाको समय लाग्ने भएपछी कार्यक्रम समय लम्बिने देखिएको छ ।
महाधिवेशनमा भाग लिन गएका मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा नाम इन्ट्री गर्न नै लामो समय लाग्ने भएकोले कार्यक्रमको समय अझै लम्बिन सक्ने अवस्था आएको हो ।
यसअघि नाम इन्ट्री गर्न १५ घण्टासम्म लागेकोमा यस पटक छरितो त भएको छ । तर भोटिङ मेसिनका प्राविधिकका अनुसार प्राविधिक टोली अन्तिम नामावलीको प्रतीक्षामा रहेको बताईएको छ ।
व्यवस्थापन समितिले भोटिङका लागि ८० वटा रामलक्ष्मण भोटिङ मेसिन तयारी अवस्थामा राखिएको जनाएको छ । तर महाधिवेशमा विभिन्न पदका आकांक्षी उम्मेदवारीहरुमध्य ९९ केन्द्रीय सदस्यका लागि मात्रै ४०० जनाको उम्मेदवारी परेको छ ।
प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबी विरोधका लागि समय दिइनेछ । दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन भएलगतै मतदानको लागै कार्य सुरु हुनेछ








प्रतिक्रिया दिनुहोस