आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

तातो बढेसंगै सर्पदंशबाट एक जनाको मृत्यु, ११ घाइते

२०८३ अषाढ १४, आईतबार मा प्रकाशित ( ३ महिना अघि) ४५८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ- १४ असार ।

तातो बढेसंगै सुक्रबारयता सर्पदंंशबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको २४ घण्टामा २५ वटा विपद्का घटना भएको जनाएको छ।

शनिबार बारामा खेली रहेका एक बालकलाई सर्पले डसेर मृत्यु भएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार २५ घटना मध्य १२ वटा घटना सर्पदंशका रहेको बताइन्।

जानकारी अनुसार सङ्खुवासभा, बारा, नवलपरासी पूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना बड्दै गएको र सर्पदंशले ११ जना घाइते भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑