आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

गृहद्वारा होटल तथा रेष्टुरेण्टको अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन

२०८३ अषाढ १७, बुधबार मा प्रकाशित ( १ महिना अघि) २६९८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम
धादिङ -१७ असार ।

देशभरका जिल्लास्थितमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

गृहमन्त्री सुदन गुरुङको निर्देशनमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी आफ्नो जिल्लाभित्र संन्चालनमा रहेका सबै होटल व्यवशायको अनुगम निर्देशन दिएको हो । निर्देशनसहितको पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउने तर्फ अग्रसर हुनका लागि यस कार्यलाई प्रभावकारी बनाउन कडाई गरिएको छ ।

यस्तै निर्देशन पत्रमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्‍याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिने गृह्रका शाखा अधिकृत सङ्गम सापकोटाले बताएकान् छ।

मन्त्रालयले कतिपय होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकबाट प्राप्त व्यापक गुनासाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।

त्यसैगरी आमनागरिकका गुनासा सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रूत सेवा डेस्क( तुरुन्त स्थापना गर्नका लागि पनि मन्त्रालयले निर्देशन दिएको छ।

सोही पत्रमार्फत नागरिकबाट आएका गुनासोलाई तत्काल समाधान गर्न भन्दै स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न सानातिना विषयका गुनासोहरु केन्द्र वा मन्त्रालयसम्म धाउनु पर्ने परम्पराको अन्त्य गर्न पनि भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस