आज: २०८३ अषाढ १७, बुधबार | Wed, 01, Jul, 2026

बल्ल पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

२०८३ अषाढ १७, बुधबार मा प्रकाशित ( ५ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम
धादिङ -१७ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

गएराति बाह ्रबजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटाएको हो ।

केही दिन अघिदेखी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य घटेको अवस्था भएपनि नेपालमा भने पुरानै बढेको मुल्य कायम रहेकाले नागरिक तहमा सरकारको निकै आलोचना भएको थियो । यद्यपि मंगलबार निगमले गएरातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

निगमले एक सुचना जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपियाँ ४२ पैसा तथा खाना पकाउने एलपी ग्यास को मूल्यमा १ सय रुपयाँ घटेको जनाएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनको मुल्यमा काठमाडौं उपत्यकाका लागी प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस