आज: २०८३ अषाढ १८, बिहिबार | Thu, 02, Jul, 2026

मुल्य घटेपछी निजी पम्पहरु बन्द, इन्धनको अभावमा उपभोक्ताहरु मर्कामा

२०८३ अषाढ १८, बिहिबार मा प्रकाशित ( २६ मिनेट अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- १८ असार ।
नेपाल आयल निगमले ईन्धनको मुल्य घटाएपछी काठमाडौं उपत्यकाका निजी पम्पहरु बन्द भएका छन् । पम्पहरु बन्द भएपछी उपत्यकामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य घटेको लामो समय भैसक्दा पनि नेपालमा मुल्य नघटाएको भन्दै सरकारको आलोचना भएको थियो । तर बुधबार राति निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजनको सूचना बाहिरिए संगै निजी पम्प सञ्चालकहरूले घाटा हुने घन्दै पम्पहरु बन्द गरेका हुन् ।

देशको राजधानी काठमाडौंमा अत्याधिक रुपमा परिचालन हुने गाडीको चापसंगै पेट्रोल र डिजेल नपाएर उपभोक्ताहरूले लामो लाइनमा बसेर सरकारी तथा सुरक्षा निकायका पम्पहरूबाट लिन वाध्य भएका छन् ।

यता नेपाल आयल निगमले भने आवश्यक परिमाणमा आपूर्ति भइरहेको दाबी गर्दै व्यवसायीले माग गरे अनुसार मात्र तेल वितरण गरिएको जनाएको छ। तर उपभोक्ता अधिकारकर्मीहरूले निगमको व्यवस्थापकीय कमजोरी र सूचना चुहावटका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको बताएका छन्।

यस अघिदेखी नै यस्ता सूचनाहरु सम्वन्धित निकायहरुबाटै पहिले नै बाहिरिने गरेको थियो । यस सुचनापनि पहिले नै बाहिरियो र सोहीको फाईदा उठाउँदै व्यवसायीहरूले अघिल्लो दिन इन्धन नउठाउँदा डिपोहरू रित्तिन गई आपूर्ति संकट निम्त्याएको हो। यद्यपि आजबाट स्थिति क्रमशः सामान्य हुने निगमको दाबी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस