आज: २०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

कांग्रेसका इतर समूहले छुट्टै सम्पर्क कार्यालय खोलेर बैठक बसे

२०८३ अषाढ २२, सोमबार मा प्रकाशित ( १७ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२२ असार ।

नेपाली कांग्रेसका संस्थापन इतर पक्षले काठमाडौं महाराजगञ्जको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ। काँग्रेसका इतर पक्ष सदस्यहरूको सक्रियतामा सोमवार नयाँ सम्पर्क कार्यालय खोलेर उद्घाटन गरी औपचारिक रुपमा बैठक समेत बसेको हो।

त्यस्तै उक्त समुहले नयाँ सम्पर्क कार्यालयको उद्घाटन पछी भएको बैठकमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीका पछिल्ला गतिविधिबारे छलफल गरिएको थियो।

नेता खड्काले पार्टीलाई विभाजनबाट जोगाउन शिर्ष नेताहरू र केन्द्रिय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम नदेखिएकोले चिन्ता व्यक्त गर्नु भएको छ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मिनवहादुर विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसभित्र मजबुत एकता आवश्यक रहेको बताए। उनले निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि सार्थक पहल गर्न नसकेको आरोप छ ।

सोही बैठकले आगामी साउन ६ गते विपी कोईरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ। मंगलवार पुनः बैठक बसेर कार्यक्रमको विस्तृत कार्यतालिका तय गर्ने निर्णय गरेको छ ।

साथै बैठकले आगमी १५औँ महाधिवेशनको कार्यतालिका र सम्पर्क कार्यालयमार्फत गरिने आगामी गतिविधिहरूबारे पनि निष्कर्ष निकाल्ने नेता विश्वकर्माले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस