आज: २०८३ अषाढ २६, शुक्रबार | Fri, 10, Jul, 2026

आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका गणेश नेपालीको निधन

२०८३ अषाढ २६, शुक्रबार मा प्रकाशित ( ४0 मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -२६ असार ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडी आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका युवा गणेश नेपालीको निधन भएको छ।

आफ्नै शरिरमा आगो लगाएर घाईते भएका नेपालीको आज विहान ११ ः२०मा निधन भएको हो । घटनापछी प्रहरीले तत्कालै उद्धार गरी अस्पताल पुर्याएका नेपालीको वीर अस्पतालमा उपचार कै क्रममा निधन भएको हो ।

बिहिबार दिउँसो उनलाई महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरी १० हजार रुपयाँ जरिवाना तिराएपछी आर्थिक रुपमा निकै विपन्न रहेको कारण तत्कालै उक्त पिडा सहन नसकेर आफुनै शरीरमा पेट्रोल छर्किर नेपालीले आगो लगाएका थिए।

मुगुको सोरु गाउँपालिका(१ स्थायी घर भएका गणेश दुई वर्षयता काठमाडौंमा कोठा भाडामा बस्दै आएका थिए। गणेशको परिवार आर्थिक रूपमा निकै विपन्न छ। सोरु(१ का अध्यक्ष धनकर्ण मल्लले जनाएका छन् ।

नेपालीको आत्मदाह प्रकरणमा आज प्रहरीले तीन जना नगर प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरी रहेको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयासअघि भएको घटनाक्रम, नगर प्रहरीको व्यवहार तथा उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। गत घटनापछि गणेश नेपाली गम्भीर घाइते भएका थिए।

उनको उपचार जारी रहेको छ। यस घटनाले सार्वजनिक सेवा प्रवाहका क्रममा नगर प्रहरीको व्यवहार र जिम्मेवारीबारे प्रश्न उठाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको निष्पक्ष अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस