आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

२०८३ अषाढ २७, शनिबार मा प्रकाशित ( १ मिनेट अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२७ असार ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि मौसममा पूर्ण बदली रहने छ ।

आज पहाडी भूभागका केही स्थान तथा तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने आज भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरिएको छ।

त्यस्तै आज रातिको समयमा पनि देशभरका विभिन्न स्थानमा वर्षा जारी रहने छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस