आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

फेरी अर्को युवाले आत्मदाहको प्रयास गरे,अवस्था गम्भीर

२०८३ अषाढ २७, शनिबार मा प्रकाशित ( ५८ सेकेण्ड अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ २७ असार ।

सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका छन् । शुक्रबार मण्डलले आफ्नो शरीरमा पेट्रोल छकिएर आत्मदाहको प्रयास गरेपछि अवस्था गम्भीर बनेको हो।

घटनापछी उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र सुक्रबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भागहरु गम्भीर रूपमा जलेको अहिले उनको अवस्था चिन्ताजनक रहेको बताईएको ।

उक्त घटनापछी प्रहरीले थप अनुसन्धार्न गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस