आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा तुलाधर नियुत्त

२०८३ अषाढ २७, शनिबार मा प्रकाशित ( ४ मिनेट अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२७ असार ।

निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा जानकी कुमारी तुलाधरलाई नियुत्त गरिएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गएपछि रिक्त रहेको निर्वाचन आयोगको प्रमुख कार्यवाहक आयुक्तमा डा तुलाधरलाई नियुक्त गरिएको हो।

देशमा गत फागुन २१ गते आयुक्त भण्डारीकै नेतृत्वमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको थियो। पाँच सदस्यीय रहेको आयोगका आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम रहेका छन्।

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गदैृ सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।

त्यसैगरी संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस