आज: २०८३ कार्तिक २४, सोमबार | Mon, 09, Nov, 2026

आज गाई तिहार गाईलाई मिठा खानेकुरा खुवायर गौ माताको पुजा गरिँदै

२०८३ कार्तिक २४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२३ कात्तिक ।

हिन्दु धर्मावलम्बीहरूले आज यमपञ्चकको तेस्रो दिन गाईको पूजा आराधना गरी गाई तिहार मनाउँदै छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाई तिहार मनाइँदैछ।

सनातन हिन्दू संस्कृतिमा गौ माता (गाई) लाई अत्यन्तै पवित्र र पुजनीय लक्ष्मीको रुपमा मानिन्छ। आजको दिन गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। बिहानै गाईलाई नुहाइ(धुवाइ गरी माला लगाइदिने, निधारमा अक्षता र सिन्दूरको टीका लगाइदिने गरिन्छ।

पूजा गरिसकेपछि गाईलाई हरियो घाँसका साथै सेलरोटी, फिनी रोटी, अर्सा, अनदीको लट्टो, फलफूल, कुँडोलगायतका विविध लोडिला र मिठा परिकारहरू चोखो बनायर खान दिएर सम्मान प्रकट गरिन्छ।

हिन्दु धर्ममा गाईलाई लक्ष्मीका रुपमा सम्मान गरिन्छ । गाईका गोवर, गहुँत र दुधको विशेष महत्व रहेको हुन्छ । हरेक घरमा धार्मिक कार्य गर्दा होस् या पितृ कार्य गर्नु भन्दा अगाडी पुजा तथा पितृ कार्य गर्ने स्थानमा पहिले गाईको गोवरले लिपेर शुद्ध बनाईन्छ ।

यससंगै कृषिप्रधान देश नेपालमा वर्षभरि मल र दूध दिएर उपकार गर्ने गाईप्रति कृतज्ञता जनाउन यो पर्वको विशेष महत्त्व रहन्छ। साना शिशुहरुहरुको कुनै कारणवस आमाको मृत्यु भएको अवस्थामा समेत शिशुलाई गाईको दुध खुवायर हुर्काउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑