आज: २०८३ कार्तिक २४, सोमबार | Mon, 09, Nov, 2026

पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो खस्नेक्रम जारी,यातायात पूर्ण रूपमा अवरुद्ध

२०८३ कार्तिक २४, सोमबार मा प्रकाशित ( ४५ सेकेण्ड अघि) १  पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२३ कात्तिक ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो लगातार खसेपछी पृथ्वी राजमार्गको सवारी संन्चालनमा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

चितवन प्रहरीका अनुसार शोमबार बिहान ५ बजे खसेको सुख्खा पहिरोका कारण राजमार्गको यातायात संन्चालनमा दुवैतर्फ नै ठप्प भएको हो । सम्वन्धित क्षेत्रले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरणसहितको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हिँजो आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर राजमार्गको सवारी आवागमनमा केही समय अवरुद्ध बनेको थियो । उक्त स्थानमा लगातार खसेको पहिरोको कारण यात्रा गर्दा जोखिम बढाएको छ भने सो क्षेत्रबाट यात्रा गर्दा सजगता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑