आज: २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026

आजदेखी नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२०८३ कार्तिक २५, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२४ कात्तिक ।

आजदेखी नेपाल संवत् ११४७ सुरु हुंदैछ । नेपाल संवत्को अवसरमा आज नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म)पूजा गरी मनाउँदैछ । नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको हो भन्ने इतिहासमा उल्लेख छ। राजा पृथ्वीनारायण शाहको शासनकालसम्म यस नेपाल संवत्ले राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको थियो।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यस नेपाल संवत् नेपालकै मौलिक संवत् हो । तर पछिल्ला पुस्ताले यस नेपाल संवत्लाई खासै मान्नेता राख्दैन् भन्दापनि त्यती जानकार हुन खोज्दैनन् । तर विद्यार्थीका पाठ्यक्रममा नै नेपालको लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासहरु उल्लेख छ।

नयाँ पुस्मताले किताबी अध्ययनबाट जानकार भएपनि पछिल्ला समयमा आधुनिकतामा बढी भर परिने अवस्था आएको छ । यद्यपि नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरी मौलिक संवत् सञ्चालनको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु भएको थियो।

विशेषगरी नेपाल संवत्को नयाँ वर्षलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा भीमेश्वरलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले बढी महत्व दिने भएकाले यी क्षेत्रमा विशेष रूपमा मनाउने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑