आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

फागु पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय धादिङको आग्रह

२०७८ चैत्र २, बुधबार मा प्रकाशित ( ४ साल अघि) ९८०७ पटक पढिएको
नारी बाटिका


धादिङ –जिल्ला प्रहरी कार्यालय धादिङले फागु पर्व मर्यादित रुपमा मनाउन आग्रह गरेको छ ।
मंगलबार कार्यालयले एक सुचना जारी गर्दै कोभिड–१९ को जोखिम कायमै रहेको हुनाले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न अनुरोध गर्दै कोरोना भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गरी सार्वजनिक स्थानहरुमा सभा सम्मेलन भोज भतेर एवं धेरै संख्यामा भेला भई होली पर्व नमनाउन भनिएको छ ।
अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरिएको छ ।
यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ । साथै उक्त नियमको पालना नगरेको पाईएमा प्रचलित कानुन बमोजिम कार्वाहि हुने बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस