
नारी बाटिका
धादिङ –गायक तथा संगीतकार एवं सञ्चारकर्मी लालकाजी श्रेष्ठको ‘चमत्कार’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आज स्काइ टिभि नेपाल युबट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
श्रेष्ठकै शब्द सिर्जना, संगीत र एरेन्ज रहेको गितमा पछिल्लो समय युवायुवतीमा बीचको प्रेम सम्बन्ध आउने मनमुटावलाई विभिन्न आरोप लगाई फसाउने प्रवृति बढ्दैएको हुनाले सोही गित मार्फत् विषय वस्तु उठान गर्न खोजिएको गायक तथा संगीतकार एवं सञ्चारकर्मी लालकाजी श्रेष्ठको भनाई ।
मनिष श्रेष्ठ र विनोद तमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा कलाकार मनिष श्रेष्ठ, सरु तामाङ, बिनोद तमु, रवि भट्टराई, अनिष श्रेष्ठ, प्रकाश अछामी लगायतको अभिनय रहेको छ ।








प्रतिक्रिया दिनुहोस