
नारी बाटिका
काठमाण्डाै – आज साउन महिनाको पहिलो सोमवार । आजदेखि प्रत्येक सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । धादिङबेशी स्थित पशुपति मन्दिर लगाएत काठमाडौंको पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे लागेको छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ ।
यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा पनि लिने गरिएको छ ।तस्बिर : सन्तोष राज श्रेष्ठको फेसबुक बाल बाट








प्रतिक्रिया दिनुहोस