
धादिङ – क्रियाशिल पत्रकार महिला धादिङको (डब्लुडब्लुजे) अध्यक्षमा कान्तिपुर दैनिकका धादिङ सम्बाददाता सरिता श्रेष्ठ चयन हुनुभएको छ ।
धादिङबेसीमा सम्पन्न चौथो जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा सात सदस्य कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सह–सचिवमा सुशीला बिश्वकर्मा, कोषाध्यक्षमा शितल सापकोटा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपा लम्साल र सबिना तामाङ रहेका छन् ।












प्रतिक्रिया दिनुहोस