
नारी बाटिका
काठमाण्डौ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षको लागि कारागार चलान गर्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । उहाँलाई सुन्धारा कारागार पठाइएको जिल्ला अदालत स्रोतले जनाएको छ ।
दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो । हिजो प्रतिवादी लामिछानेको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए ।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
१६ वर्षदेखि १८ वर्षमुनिका किशोरीलाई बलात्कार गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।








प्रतिक्रिया दिनुहोस