
धादिङ – काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुबाहक बस आज (शनिबार) साँझ त्रिशुली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउपालिका- १० हुग्दिखोलामा स्थित त्रिशुली नदीमा खसेको हो ।
सडकबाट अन्दाजी दुई मिटर तल त्रिशुली नदीको किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमाण्डमा १० जनाको टोली खटिएको छ भने घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस