
नारी बाटिका
काठमाडौं – नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेशसभा ‘ख’ उम्मेदवार दीपक निरौलालाई मतदाता प्रभावित पार्न पैसा बाँडिरहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति बुढानीलकन्ठ प्रहरी प्रभागको टोलीले एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार निरौलासहित बुढानीलकन्ठ नगरपालिका ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानीलकन्ठ नगर अध्यक्ष प्रदीप डगोललार्ई मतदाता प्र्रभावित पार्न रकम बाँडेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई बुढानीलकन्ठ ६ का कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निरौला एमालेका काठमाडौं जिल्लाका अध्यक्ष पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका ८० प्रतिशत कार्यकर्ताको भावनाबिपरीत जबर्जस्ती टीका लगाएर अध्यक्ष बनाइएका निरौला यसअघि पनि सो प्रदेशसभाबाट सांसद जितेका थिए ।
काठमाडौं ५ मा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिनिधिसभामा उम्मेदवार छन् । उनी २०७४ मा वाम तालमेलका कारण निर्वाचन जित्न सफल भएका थिए । पोखरेलले नै पैसा बाँड्न एमालेका निरौलासहितलाई पठाएको आरोप लागेको छ । (केटिएम दैनिक )








प्रतिक्रिया दिनुहोस