
नारी बाटिका
धादिङ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङमा कुल ५५.९५ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख ६५ हजार नौ सय ९६ जना मतदाता रहेको मध्ये एक लाख ४८ हजार ८ सय ३९ जनाले मतदान गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ७० हजार एक सय ६३ जना महिला, ७८ हजार ६ सय ७५ जना पुरुष र अन्य १ जनाले मतदान गरेका छन् ।
जिल्लामा रहेका एक सय १४ वटै मतदान स्थलमा शान्तिपूर्ण मतदान भएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले तोकेको समयअनुसार साँझ ५ बजेसम्म भएको मतदानको मत पेटिका गणनास्थलसम्म ल्याइनेक्रम जारी छ ।
धादिङ क्षेत्र नम्बर १ भित्रका मत पेटिका गल्छी गाउँपालिकास्थित साना सहरी विकास आयोजनाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिदैछ । क्षेत्र नम्बर २ भित्रका मतदानस्थलहरुबाट पनि जिल्ला सदरमुकाम धादिङबेसी स्थित जिल्ला समन्वय समितिको भवनमा मतपेटिका संकलन भइरहेको छ ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट वस्तीको मतदान स्थलबाट मतपेटिका सदरमुकाम ल्याउन ढिलो हुने भएकोले सोमबार विहानबाट मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस