
नारी बाटिका

कस्ले मार्ला बाजी ? इन्दिरा र मुक्ता कुमारी उपसभामुखका लागि चुनावी मैदानमा
काठमाण्डौ, माघ ७ गते शनिवार
इन्दिरा र मुक्ता कुमारी उपसभामुखका लागि चुनावी मैदानमा । कस्ले मार्ला बाजी ?
आज उपसभामुखका लागी मतदान हुँदै, छ । इन्दिरा र मुक्ता कुमारी उप सभामुखका लागि चुनावी मैदानमा रहेका छन् । यस निर्वाचनका लागी आज प्रतिनिधी सभाको बैठक ुसमेत बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेका लागी बोलाइएको छ ।
उपसभामुखका लागि २ जना को उम्मेदवारी परेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
इन्दिरालाई भने सत्तारुढ दलको पुरा समर्थन रहेको छ । उनको प्रस्तावकमा रास्वपा कै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन पनि रहेका छन् ।
मुक्ता कुमारीलाई भने सत्ता गठवन्धन सरकारमा नभएका दलहरुको समर्थन रहेकोछ । उनको प्रस्तावकमा कांग्रेस केन्द्रिय नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्र नाथ शुक्ल हुनुहुन्छ ।
त्येसैगरी गत पुस २६मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले दाहालबाट आसवासन पाएका कांग्रेसले समेत सभामुख र उपसभामुखमा प्रतिस्पर्धामा आएको छ भने यस अघि भएको सभामुखको निर्वाचनमा पनि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर सत्तारुढ दलका सवैले ईश्वरीका विपक्षमा मतदान गरेकाले जित हुन सकेन र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएको थियो ।
यदी प्रधानमंन्त्री दाहाल र देउवाको वर्तमान सत्ता गठवन्धबाट दाहाल प्रर्ती सम्वन्धको मायाँ कायम राखेका र मिलनको गाँठो टुटाउन नसकेका देउवा र काँग्रेस प्रति गुणको वदलामा पुष्पकमल दाहालले सहयोग गर्ने हन् भने चुनावी मैदानमा रहेका यि दुई उम्ेद्धार इन्दिरा र मुक्ता कुमारी मध्य उपसभामुखमा कस्ले मार्ला बाजी ? ा ।







प्रतिक्रिया दिनुहोस