आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

धादिङ बचत तथा ऋण सहकारी संघदारा आयोजित कार्यक्रममा – ५५ जनाले गरे रक्तदान

२०७९ चैत्र १५, बुधबार मा प्रकाशित ( ३ साल अघि) ११४०२ पटक पढिएको
नारी बाटिका


धादिङ – १५ चैत वुधवार ।

धादिङ बचत तथा ऋण सहकारी संघको २२ औं स्थापना दिवसको अवशरमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । बचत सहकारीहरुको छाता संघ जिल्ला बचत संघले रक्तदान कार्यक्रम राखी आफ्नो २२ औं स्थापना दिवस मनाएको हो

स्थापना दिवसको अवसरमा संघले सदरमुकाम स्थित जिल्ला अस्पताल धादिङको प्राङगणमा बृहत खुल्ला रक्तदान कार्यक्रम राखेको थियो । धादिङमा विगत देखी नै सहकारी संस्थाहरु,गैसस.हरु लगायत आफ्ना स्थापना दिवश,वार्षिक साधारण सभाको अवशरमा रक्तदान कार्य गर्दै आएका छन् ।

त्येस्तै नियम र नितिमा चलेका सहकारी संस्थाहरले बचत तथा ऋणको काम मात्रै नभएर सामाजिक तथा रचनात्मक कार्यहरु पनि गर्ने गरेका छन् ।

यस्तै स्थापना दिवसको अवसरमा जिल्ला सहकारी बचत संघदारा आयोजित रक्तदान कार्यक्रममा ३२ जना पुरुष र २३ जना महिला गरि जम्मा ५५ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । यसका साथै संस्थाले रक्तदान गर्ने मानिसहरुलाइ सम्मान पत्र सहित सम्मान पनि गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस