
नारी बाटिका
काठमाण्डौ,चैत १७ सुक्रवार
आजदेखी एसईई परीक्षा हुदै, धादिङबाट ५ हजार ३ सय ८६ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुँदै छन् । चेत १७ शुक्रबार अर्थात आज देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १६ हनजार ५९१ परीक्षार्थी एसईई परिक्षामा सहभागी हुने भएका छन् ।
साथै देशभरबाट २ लाख ६० हजार ६७४ छात्र छन् भने २ लाख ५५ हजार ९१७ छात्रा एसईई परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षाका लागि आवश्यक उत्तर पुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइ सकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ ।
त्येसैगरी एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबै भन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।
यो वर्ष धादिङबाट एसईई परीक्षामा ५ हजार ३ सय ८६ जना विद्यार्थी सहभागी हुँदै छन् ।








प्रतिक्रिया दिनुहोस