
नारी बाटिका
चैत २५ शनिवार
विश्वको केही मुलुक संगै नेपालमा पनि कोरोना भाईरस तिव्रगतिमा फैलदै,फेरी कोरोनाको लहरले गति लिने सम्भावना बढेकोले सङ्क्रमण समुदायस्तरमै पुगिसकेको अनुमान गरिएको छ । पछिल्लो समयमा भारतका केही ठाउँहरुमा कोरोनाका बिरामी बढे सँगे नेपालमा पनि त्यसको असर देखिन थालिसकेको छ । नेपाल भारत खुला सिमानाका कारण भारतमा कोरोना का सक्रमित बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेको छ ।
रोजगारीका लागी नेपालबाट भारत जाने नेपालीको संख्या धेरै छन् । भारतमा कोरोनाका विरामी बढ्दै गएपछी कतिपय नेपालीहरु स्वदेश फर्कने गछन् र उनिहरुको साथमा संगसंगै सक्रमण पनि भित्रने उच्च जोखिम रहन्छ । हिजो मात्रै नेपाल भर ९९ जनामा कोरोना भाईरसको सङ्क्रमण देखिएको थियो । विज्ञहरूले भने यो तथ्याङ्क भन्दा सङ्क्रमणको संख्याअझ बढी हुन सक्ने अनुमान गरेका छन् ।
शङ्का लागेर जँचाउन पुगेका र अस्पतालमा भर्ना भएकाहरूको तथ्याङ्क मात्रै सरकारले प्रस्तुत गर्ने भएकाले वास्तविकता अझ बढी हुन सक्ने उनिहरूको अनुमान छ ।सङ्क्रामक रोग विशेषज्ञ डा। शेरवहादुर पुनले सङ्क्रमण समुदाय स्तरमै पुगेकाले सचेत रहन आग्रह गर्नु भएको छ ।
यो समयमा हुने मौसमी रुघाखोकी र कोरोना भाईरसको लक्षण मिल्दो जुल्दो भएकाले लक्षण देखिना साथ छुट्टै बस्न र जाँच गराउन उहाँले आग्रह गर्नु भयो । रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, स्वाद नआउने, ज्वरो आउने जस्ता लक्षण देखिए तुरुन्तै जाँच गराउन सम्पुर्ण नागरिकहरुमा उहाँले अनुरोध गर्नु भएको छ ।
यसअघि कोरोनाको दुई मात्रा खोप लगाएका व्यक्ती सङ्क्रमित भएपनि अस्पताल पुग्नु पर्ने सम्भावना कम देखिएकाले कम्तिमा दुई मात्रा खोप लगाउन उहाँले सुझाव दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण समुदायस्तरमै पुगिसकेको अनुमान गरिएको छ ।
पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढे सँगे नेपालमा पनि त्यसको असर देखिएको छ । खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि सङ्क्रमण दर बढ्ने गरेकोले यसको जोखिम पनि बढिरहेको छ ।
केही दिन अगाडी सम्म सुन्य जस्तै भएको कोरोना सक्रमितको संख्या हिजो मात्रै नेपाल भर ९९ जनामा कोरोना भाईरसको सङ्क्रमण देखिएको थियो । विज्ञहरूले भने सङ्क्रमण दर यो तथ्याङ्क भन्दा अझ बढी हुन सक्ने अनुमान गरेका छन् ।








प्रतिक्रिया दिनुहोस