
नारी बाटिका
धादिङ – २९ बैशाख
धादिङको गल्छी ८ मा गत वुधवार राती भएको हत्या घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बैशाख २७ गते राती धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ८ निवासी विनोद थापा मगरको हत्यामा संलग्न फरार अभियुक्तहरुलाइ जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

घटनामा संलग्न गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवा बोट स्थित शानदार होटलका संचालिका बर्ष ४७ की सरस्वती पनेरु (पण्डित), उनका छोरा वर्ष २६ का निरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ स्थायी ठेगाना भई हाल गल्छी गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० को किरन रानालाइ पक्राउ गरि शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो ।

विना्दको हत्यामा अभियुक्तहरुले प्रयोग गरेको चक्कु (छुरा ) घटनास्थलबाट ३० मिटर उत्तर तर्फ त्रिशुली नदिको किनारामा फालिएको अबस्थामा प्रहरीले शुक्रबार बिहान बरामद गरेको छ । हत्यामा संलग्न तीनै जना अभियुक्तहरुलाइ कर्तव्य ज्यान मुद्धामा धादिङ जिल्ला अदालतबाट तीन दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनु भएको छ ।

बैशाख २७ गते गएको वुधवार बेलुका गल्छी ८ निबुवा बोट स्थित शानदार होटलमा खाजा खान गएका विनोद थापा र होटल संचालिका सरस्वती पनेरु (पण्डितं) बीचमा जानकारीमा आए अनुुुासार चारसय रुपयाँ लेनदेनको विषयमा विवाद भएको र विवाद पछि होटल संचालिकाले छोरा निरज पण्डित र किरन रानालाइ बोलाइ तिनैजना मिली मुक्का तथा छुरा प्रहार गरी विनोदको हत्या गरेको अनुन्धानबाट खुलेको छ ।

यो घटनामा संलग्न तीनै जना अभियुक्तहरुलाइ थप अनुसन्धान भईरहेको छ भने होटल संन्चालिका सरस्वती यस अघिदेखी नै विभिन्न महिलाहरुहरुलाई े प्रलोभनमा पारी देह व्यपारमा समेत गर्ने गरेको भन्ने प्रमाणको आधारमा कानुन अनुसारको थप मानव बेचविखन सम्वन्धि कारबाही हुने र यस घटनामा अन्य कोहि संलग्न नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस