आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

सरकारद्धारा चालु आर्थिक वर्ष २०८र८१ को वार्षिक बजेट सार्वजनिक र पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

२०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित ( २ साल अघि) १२०४८ पटक पढिएको
नारी बाटिका


 

काठमाडौं १६ जेठ मंगलवार ।

सरकारले आगामी आर्थिक वर्ष २०८र८१ को वार्षिक बजेट सार्वजनिक गर्यो साथ साथै आर्थिक वर्ष २०७९र८० को बजेट खर्चको लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको छ ।

शोमवार भएको सङ्घीय संसद् संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशण महतले चालु आर्थिक वर्षमा रु १५ खर्ब चार अर्ब ९९ करोड साथै सुरुको विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको हो ।

सरकारको कूल सरकारी खर्च मध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् विनियोजन भएको ८८ दशमलव १८ प्रतिशत र पूँजीगत खर्च रु दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् विनियोजन गरिएको ६७ दशमलव ९१ र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् विनियोजनको ८८ दशमव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकामा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस