आज:  | Sun, 19, May, 2024

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गर्दै, जुगेडीका स्थानियहरु माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी ,

२५ जेष्ठ २०८०, बिहीबार ०८:३१ मा प्रकाशित ( ११ महिना अघि) ४०६ पाठक संख्या
नारी बाटिका


धादिङ २५ जेठ विहिवार ।

धादिङ जिल्ला जुगेडीका स्थानियहरु बाट जिल्ला प्रशासन कार्यलयका c बद्री प्रशाद गैरेलाई ज्ञापनपत्र पेश गर्दै, माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन् ।। देशकै राजधानी काठमाण्डौलाई जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथको छेउमा रहेको जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण उद्योगवरपरका स्थानीयवासीहरु मारमा परेको भन्दै बुधबार सो क्षेत्रका स्थानियहरुले धादिङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–९ जुगेडीका स्थानिय वासीहरुले पटक पटक यूनाइटेड सिमेन्ट उद्योगका सन्चालक हरुलाई आफुहरुमा परेको समस्या हल गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएको पछी चरणबद्ध आन्दोलन गर्ने चेतावनी सहित बुधबार धादिङबेशीमा पत्रकार सम्मेलन गरेका थिए ।

तरकारी उत्पादन हुने पकेट क्षेत्रकै रुपमा परिचित जिल्लाकै पहिलो जुगेडी बस्तिमा विद्यमान अवस्था रहिरहे सो क्षेत्र आसपासमा यूनाइटेड सिमेन्ट उद्योगको प्रदुषणले प्रभाव पार्ने क्षेत्रका सवै परिवारको अवस्था कम्जोर बन्दै जाने स्थानिय वासीहरुले बताएका छन् । कृषि पेशाले जीविको र्पाजन चलाउँदै आएकोमा अहिले लगानी तथा श्रमको मूल्य पनि नआँउने अवस्था र्सिजना भएको वताउउँछन् सो क्षेत्रका किसानी हरु ।

पछिल्लो समयमा ज्याला मजदुरी गर्दै जीविको र्पाजन चलाउनु पर्ने अवस्था आएको जुगेडी वासीक गरनासो रहेको छ । सिमेन्ट उद्योगबाट निस्केको धुवाँधुलोको कारण उत्पादनमा कमि आउनुको साथै उत्पादन भएको तरकारी बजारमा विक्री गर्न पनि योग्य नभएकोले उक्त क्षेत्रका वासिन्दाको आर्थिक अवस्था खस्कदै गएको बताएको छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस