
नारी बाटिका
काठमाडौं ः असार २ शरिवार ।
सरकारले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर १० हजार लिइंदै आएकोमा तेसको शुल्क घटाएर ५ हजार मात्रै दस्तुर लिने भएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार रूपैयाँ तिर्नु पर्नेमा ५ हजार घटाएर अब ५ हजार रूपैयाँ मात्र शुल्क तिरे पुग्ने बनाएको छ ।
त्यस्तै यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था रहेको थियो। तर मन्त्रिपरिषदले गत जेठ २४ मा गरेको निर्णय अनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो।
मन्त्रिपरिषदको बैठकको निर्णय जेठ ३२ को राजपत्रमा प्रकाशित भएको र भोली असार ३ गते आइतबारदेखि लागू हुने गरी राहदानी विभागले सम्बन्धित निकायमा जानकारी सर्कुलर गरिसकेको छ ।
‘मन्त्रिपरिषदको उक्त निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन भएकोले मिति २०८०।०३।०३ देखि संशोधित दस्तुर लागू गर्न निर्देशानुसार अनुरोध गरिएको छ।’ विभागकी निर्देशक दुरपदा सापकोटाले गरेको परिपत्रमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस