
नारी बाटिका
५ असार मंगलवार ।
बझाङमा अहिले भर्खरै सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री चढेको गाडी दुर्घटना भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदार स्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० किलो मिटर तल कालंगा भन्ने खोलाको किनारमा खसेको हो।
दुर्घटनामा परी मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । घाइहरुको खुट्टा र अनुहारमा चोट लागेको छ । अहिले घाइते मन्त्री सिंहको केदार स्युँ गाउँपालिका(१ देउरा स्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
साथै बाँकी ३ जना घाइतेहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ। उक्त दुर्घटना बारे भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया दिनुहोस