
नारी बाटिका
नारी वाडिका डट्कम संवाददाता
धादिङ २३ असार
२३ दिन अगाडी विप्लव लगायतका पार्टीहरुको सहभागितामा चारदल मिलेर समाजवादी मोर्चा बनेसंगै शनिबार मोर्चाको पहिलो बैठक सम्पन्न भएको छ । आज शनिवार बसेको पहिलो वैठकले मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदा सम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने निर्णय भएको बताइएको छ ।
कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ । मोर्चा गठन भएको २३ दिनपछि शनिवार बसेको पहिलो बैठकले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने जनाएको छ ।साथै कार्यक्रम गर्नको लागी मिति भने घोषणा गर्ने काम २७ गते कार्यक्रमको बैठकले गर्ने एकीकृत समाजवादी नेता राजेन्द्र पाण्डेले बताउनु भयो ।
यसैगरी मोर्चालाई प्रभावकारी र गतिशिल बनाउन ४ सदस्यीय रहेको कार्यदल बनाएको छ । गठित कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र)का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्ग बहादुर विश्वकर्मा रहेका छन् ।
मोर्चाका समझदारीबारे आगामी बैठकले टुंगो लगाउने निर्णय समेत गरेको छ । ६–६ महिनामा फरक फरक दलले आलोपालो मोर्चाको अध्यक्षता गर्ने गरी सहमति भएको छ । त्यस्तै दीर्घकालीन रुपमा यस मोर्चाको बिकास पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको पाण्डेले बताउनु भएको हो ।
तस्वीर अनलाईनबाट साभार








प्रतिक्रिया दिनुहोस