
नारी बाटिका
रासस
काठमाडौं,८ साउन ।
जनताको सेवा गरी राजनिती जिवनमा उच्च छवि बनाउछु भनेर जनतासंग कसम खाएर निर्वाचित जनप्रतिनिधीहरुले भ्रष्टचार गरेका विषय त मुलुकमा सामान्य हुनु थालिसकेको छ । त्यस्तै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पुर्व जनप्रतिनिधी र नगरपालिकाका कर्मचारी मिली नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा उनिहरु विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
नक्कली बिल बनाएर भ्रष्टाचार गर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत, पूर्व वडाध्यक्ष र प्राविधिक सहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
आयोगले आर्थिक वर्ष २०७५ ७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्स मिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको पाएपछी उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
उक्त पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालीन अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरिवानाको माग दाबी गरिएको छ।
त्यस्तै योजना संन्चालन उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपक प्रसाद धमला तथा कोषाध्यक्ष गोठी माया मगरबाट पनि चार लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुल उपर गरी सजायको माग दाबी गरिएको छ। त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीत कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीव कुमार यादव विरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगो समेत असुल उपर गर्न मागदाबी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
विद्युत् पोल तार र ट्रान्समिटर १० नं.वडाको खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त भएको र उक्त खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ। आयोगका प्रवक्ता दाहालका अनुसार ‘सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम उनिहरुले भुक्तानी गरेको पाइएको हो ।








प्रतिक्रिया दिनुहोस