
नारी बाटिका
काठमाडौं, ९ साउन ।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल होटलमा मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनु भएको हो ।
‘आशा होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’ उहाँले वताउनु भएको हो । मृतक पौडेको घटना ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा बोलाएको छ ।’
घटना स्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजे तिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय वाग्लङुका टोली घटनास्थल तर्फ गइसकेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
घटनास्थल जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड(७ सम्मको दूरी ७० किलो मिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलो मिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस