नारी वाटीका संवाददाता
धादिङ, २० श्रावन ।
नेपाल तामाङ विद्यार्थी घेदुङ संघ र मगर विद्यार्थी संघ धादिङद्धारा जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङ र नेपाल मगर विद्यार्थी संघ धादिङका टोलीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय धादिङमा बुझाएका छन्।
तामाङ विद्यार्थी घेदुङ संघका अध्यक्ष हर्क योञ्जन तामाङ र मगर विद्यार्थी संघ धादिङका अध्यक्ष सन्तोष थापा मगर लगायतको टिमले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।
प्रहरीद्वारा भएको गिरफ्तारी तथा दमनसम्बन्धी नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङ र नेपाल मगर विद्यार्थी संघ धादिङले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएको हो ।
तामाङ र मगर लगायत समस्त आदिवासी जनजाति समुदायलाई नै अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने कानून व्यवसायी भगवती पाण्डे (शितल)विरुद्द श्रावण ९ गर्ने जिल्ला प्रहरी परिसर, काठमाण्डौमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ को कसुर, मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ (१०, दफा ४३ विपरितको कसुर मा जाहेरी दर्ता भई पक्राउ पूर्जी समेत जारी भएको थियो ।
निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानून बमोजिम कारवाही गर्न आनाकानी गरेको भन्दै निजलाई कारबाहीको माग राख्दै श्रावण १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा शान्तिपूर्ण घेराउ कार्यक्रम हुँदै गर्दा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जन भन्दा बढी आन्दोलनकारीलाई पक्राउ गरी सकेपछि प्रहरी कार्यालय भित्र अपशब्द बोल्दै जथाभावी लाठि बुट रडको प्रयोग गरी प्रहरी ज्यादती गरेको वताएका छन् ।
त्यस्तै पुरुष प्रहरीद्वारा समेत महिला आन्दोलनकारी माथी चरम यातना दिई घाइते बनाएकोले प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण तरिकाले आफ्ना मागसहित उक्त दबाब मूलक आन्दोलनमा सहभागीहरु माथी प्रहरी परिसर अगाडी अनावश्यक बल प्रयोग गरी पक्राउ गरिनु पर्ने तथा उक्त घटनाप्रति अत्यन्तै दुःखद र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधान प्रदत्त शान्तिपूर्ण भेला गर्न पाउने हक लगायतका मौलिक तक, तथा मानव अधिकारको न्यूनतम मूल मान्यता समेतको बर्खिलाप हुनेगरी पक्राउ परिसके पछि प्रहरी परिसर भित्र प्रहरी प्रशासनबाट अपशब्द गाली गलौच गर्दै अमानविय ढङ्गले गरिएको कुटपिटको सत्य तथ्य छानबिन गर्न पनि सम्बन्धित पक्षलाई अनुरोध गरिएको नेपाल तामाङ विद्यार्थी घेदुङ संघले जनाएको छ ।
साथै अभिव्यक्ति दिने कानून व्यवसायी भगवती पाण्डे (शितला विरुद्ध दर्ता भएको उक्त मुद्दामा निस्पक्ष छानबिन तथा कारबाही संगै आगामी दिनमा जातिय सदभावमा खलल पुर्याउने खालका गतिविधिलाई नियन्त्रणका लागि जोडदार माग गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस