आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

समाजसेवी स्व.डा.राजाराम कार्कीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

२०८० भाद्र १९, मंगलबार मा प्रकाशित ( २ साल अघि) १३३४२ पटक पढिएको
नारी बाटिका


धादिङ,१९ भदौ ।

बरिष्ठ समाजसेवी एवं् नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य स्व डा.राजाराम कार्कीको १४ औं पुण्यतिथीमा नेपाली काँग्रेस धादिङले श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।


कांग्रेसका पूर्व केन्द्रीय सदस्य,महासमिति सदस्य,बागमती प्रदेशसभाका पूर्व माननीय सदस्य,तथा नेपाल तरुण दलका पूर्व महासचिव तथा नेपाली कांग्रेस धादिङका पूर्व सचिव समेत रहनु भएको थियो ।

स्वर्गीय कार्कीको १४ औं दिनको स्मृतिको शोक मनाउदै उहाँले पार्टी र धादिङ बासी जनतामा स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चाका साथ उहाँको सम्मान स्वरुप सभाको आयोजना गरिएको हो । पूर्व केन्द्रीय सदस्य,महासमिति सदस्य,बागमती प्रदेशसभाका पूर्व माननीय सदस्य,नेपाल तरुण दलका पूर्व महासचिव तथा नेपाली कांग्रेस धादिङका पूर्व सचिव समेत रहेका स्वर्गीय कार्कीको स्मृति र सम्मानमा उक्त सभाको आयोजना गरिएको हो ।

जिल्ला पार्टी सभापती तथा संंघीय सांसद रामनाथ अधिकारीको अध्यक्षता तथा केन्द्रिय सदस्य दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यमा श्रदान्जली सभा सम्पन्न गरिएको हो ।

उक्त श्रदान्जली सभामा शोक व्यक्त्त गर्न उपस्थित भएका पार्टीका नेता तथा कार्यकर्ताहरुले शोक मन्तव्य व्यक्त्र गर्दै स्वर्गिय कार्कीले धादिङका विपन्न वर्गका जिल्ला वासी नागरिकहरुमा स्वास्थ्य उपचारमा निकै सहयोग पुर्याउँदै आउनु भएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस