
नारी बाटिका
काठमाडौं, २१ भदौ ।
आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने देखी बसिने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
यस अघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साँसदबाट आएको सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन आजको बैठकमा पेश गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस