
नारी बाटिका
धादिङ,३० भदौ ।
धादिङको सिमेन्ट उद्मोगमा मेसिनले ठोकिएर मानिस घाईते भएको र निजको उपचारको क्रममा मृत्यु छ । आज शनिबर अं.९ः३० बजेको समयमा धादिङ जिल्ला धुनिवेशी नगरपालिका ९ जुगेडि स्थानमा संन्चालित युनाईटेड सिमेन्ट उद्मोगमा काम गरी बस्ने कामदारको आज मेसिनले ठोकिएर उपचारको क्रममा मृत्यु हो ।
मृत्यु हुनेमा भारत बिहार घर भएको बर्ष ३८ को जितेन्द्र राम काम गर्ने क्रममा मेसिनले ठक्कर दिई घाईते भई तत्काल उपचारको लागि काठमाण्डौ स्थित मनमोहन अस्पताल लगिएको थियो ।
निज जितेन्द्र रामको उपचारको क्रममा अं.१०ः ४५ बजेको समयमा डा.द्वारा मृत्यु घोषण गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यलय खानिखोला बाट प्र.नि देवेन्द्र बहादुर शाहको कमाण्डमा मुचुल्का सहितको टोलि खटिगई मुचुल्का लगाएत थप अनुसन्धानको काम भई रहेको, मृत्यक जितेन्द्र रामको लास मोनमोहन अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस