आज: २०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने ब्यवस्था

२०८० आश्विन २, मंगलबार मा प्रकाशित ( २ साल अघि) १११५० पटक पढिएको
नारी बाटिका


काठमाडौं,०२ असोज ।

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने ब्यवस्था गरिने भएको छ । गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिका अनुसार अब कुनैपनि नेपालीले चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने छैन ।

त्यसैगरी अनलाइन आवेदन दिएको पाँच कार्य दिनभित्रै प्रमाणपत्र पाउने पनि निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई बैदेशिक रोजगारीमा जानको लागी तथा विदेशी भिसा थप गर्नको लागी अप्ठेरो पर्ने गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस