आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

असोज ३ गते धादिङमा यसरी मनाईयो संविधान दिवस

२०८० आश्विन ३, बुधबार मा प्रकाशित ( २ साल अघि) २२१५१ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती

धादिङ ०३ असोज

मुलुकमा संघीय प्रणाली ब्यवस्था लागु भएसंगै हरेक वर्ष असोज ३ गतेका दिन देशको मुल कानुन् बनाउउनका लागी संविधान पारित भएको दिन आज । यसै अवशरमा धादिङमा भव्य रुपमा संविधान दिवस मनाईएको छ । बुधबार संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।

वुधबार विहान जिल्ला सदरमुकाम धादिङबेशी पुच्छारबजारबाट प्रभातफेरी गरि जिल्ला समन्वय समितीको सभाहलमा कार्यक्रम सञ्चालन भएको थियो । साथै जिल्ला समन्वय समिती धादिङको आयोजना तथा समन्वय प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समन्वय उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधी,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको आतिथ्यता रहेको थियो ।

यस्तै नेकपा माओवादी केन्द्र धादिङ जिल्ला संयोजक मनराज भण्डारी(शैलेस)नेपाली काँग्रेसका प्रतिनिधी एवम् ज्वालामुखी गाउँपालिकाका पुर्व पालिका अध्यक्ष विनोद तिमिल्सीना,राप्रपा धादिङका अध्यक्ष ध्रुर्ब खनाल लगायत विभिन्न मिडिया हाउसका प्रमुख तथा प्रतिनिधी,सरकारी कार्यालयका प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुको उल्लेखनिय सहभागीतामा सम्पन्न भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस