
नारी बाटिका
धादिङ,१३ असोज ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय धादिङद्धारा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुक्रबार वागमती प्रदेशका स्वास्थ्य मन्त्रि उत्तम जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सुक्रबारबाट धादिङवेशीमा सुरु भएको समिक्षा कार्यक्रम २ दिनसम्म संचालन भएको थियो । गोष्ठीको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाहरुले सेवा गुणस्तरीय र छिटो छरितो बनाउन मन्त्रालय सधै तत्पर रहेको मन्त्रि जोशीले बताउनु भएको छ ।
गोष्ठीमा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गर्दै आगामी योजनाको बारेमा छलफल भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताएका छन् ।
दुई दिनसम्म चल्ने जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लाभर स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेको थियो ।








प्रतिक्रिया दिनुहोस