आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

धादिङको ज्वालामुखी २ मा सालको काठ सहित एकजना पक्राउ

२०८० कार्तिक १३, सोमबार मा प्रकाशित ( २ साल अघि) १३३९१ पटक पढिएको
नारी बाटिका


धादिङ,१३ कात्तिक ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा न २ बस्ने चन्द्र मान श्रेष्ठ आफ्नै घरबाट सालको काठ सहित पक्राउ परेका छन् । श्रेष्ले आफ्नै घरमा लुकाई छिपाई राखेको १४ ओटा सालको टिम्बा (२५.१६ क्यू फिट) काठ फेला परेको थियो ।

साथै श्रेष्ठको घरमा सालको काठ लुकाई छिपाई राखेको भन्ने खबर प्रहरीलाई जानकारी भएपछी सोही आरोपमा उनलाई आइतबार प्रहरीले काठ सहित निजलाई पक्राउ गरेको हो ।

आइतबार प्रहरी चौकी मैदीबाट खटिएको प्रहरी सहायक निरिक्षक कमाण्डमा खटी गएको गस्ती टोलिले काठ सहित निज चन्द्र मान श्रेष्टलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय धादिङमा बुझाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस