आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आज बस्ने संसद्को संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

२०८० कार्तिक १४, मंगलबार मा प्रकाशित ( २ साल अघि) ९१३४ पटक पढिएको
नारी बाटिका


फाइल फोटो

काठमाडौं,१४ कात्तिक ।

हाल नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज बस्ने संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भएका छन् । अहिले ४दिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको विगतमा भएका सान्ती सम्झौता,पछिल्लो राजनितिक अबस्था लगायत विभिन्न क्षेत्रलाई सुस्म रुपमा नियाली रहेका छन् ।

मंगलबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई महासचिव गुटेरेसले सम्बोधन गर्ने भएका हुन्।
बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ। गुटेरेसले सम्बोधन लगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने पनि कार्यसुची रहेको छ ।

बैठकको तयारी समेत भइरहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएका छन् । साथै संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख पनि सुरक्षित राख्नेछ । यसैगरी विहानै देखी बैठकको लागी बैठक कक्ष,लगायतको सजावटको कार्य भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस