आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनकोमा ७८ रक्तदान कार्यक्रम

२०८० कार्तिक १९, आईतबार मा प्रकाशित ( २ साल अघि) १४०९७ पटक पढिएको
नारी बाटिका


धादिङ,१९ कात्तिक ।

शनिबार नेपाली कांग्रेस धादिङद्धारा आयोजित प्रथम जिल्ला सम्मेलनको अबशर पारेर गरिएको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका छन् । बिकास निर्माणका नाउमा संधै सडक,विध्यालय भवन तथा भौतिक निर्माणका क्षेत्रमा बजेट बिनियोजनलाई प्राथमिकता दिने गरेका थिए ।

तर योजना गरिएका बजेटहरुमा पार्टी कार्यकर्ताको भर्तिकेन्द्र बनाउदै आईरहेका नेपालका राजनितिक दलहरु गएको २०७९को निर्बाचनमा पार्टीबाट टिकट पाएका भन्दा समाजका स्वतन्त्र रुपमा सामाजिक व्यक्त्तित्वले चुनाबमा जनताको साथ पाउन थालेपछी पछिल्लो समयमा जनताको समस्या र आवश्यकता अनुसार काम गर्नुपर्ने रहेछ भन्ने कुरालाई बुझी पार्टीका कार्यक्रमहरुमा सामाजिक सेवाका काम गर्न लागेको पाईन्छ ।

त्यस्तै नेपाली काँग्रेसद्धारा शनिबार धादिङबेसीमा भएको प्रथम जिल्ला सम्मेलनमा ७१ जना पुरुष र ७ जना महिला गरि ७८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

कांग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र लायन्स क्लब अफ काठमाण्डौं ब्लर्ड सर्कलको सहकार्य रहेको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस