
नारी बाटिका
काठमाडौं,८ मंसिर ।
आज तीनकुनेमा आयोजना गरिएको कार्यक्रमलाई अबरुद्ध गदैं दुर्गा प्रसाईलाई उनकै घरमा ‘नजरबन्द गरिएको छ । मेडिकल ब्यावसायी दुर्गा प्रसाईेद्धारा हिजो बल्खुमा आयोजित जन प्रदर्शनमा अनुमान गरिए भन्दा निकै नागरिककहरुको सहभागिता रहेको पाईएको छ ।
भएपछी आजदेखी प्रसाईँको नेतृत्वमा आयोजना हुन लागिएको कार्यक्रमले नेपाली जनतामा अझै बढी प्रभाव पार्ने र गणतन्त्रको बिरुद्धमा जनता माझ भ्रम फैलाउन सक्ने संकेत देखिएपछी सरकारले आज दुर्गा प्रसार्इँलाई घरमा नै नजरबन्दमा राखिएको छ ।
भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन् । प्रसाईँ समुहका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरी उनलाई निगरानी गरिएको छ ।
साथै प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन समेत दिएको छैन ।








प्रतिक्रिया दिनुहोस