
नारी बाटिका
सुनसरी २५ मंसिर ।
सुनसरी को रामधुनी नगरपालिका ७ का वडाध्यक्षले आफनो श्रीमती लाई होटलभित्र लगेपछी श्रीमान्ले नै रंगेहात प्रहरीको जिम्मा लगाई दिएका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम महिलासँग रंगेहात पक्राउ परेका हुन् ।
वडाध्यक्ष गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । नियन्त्रणमा लिइएको प्रहरीका अनुसार धरान(१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र वडाध्यक्ष गौतम र ती महिलालाई अर्धनग्न अवस्थामा पक्राउ परेका हुन् ।
वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको भन्ने गोप्य जानकारी पाएका श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए । पक्राउ परेका वडाध्यक्ष गौतम विरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ ।
धरान इलाका प्रहरी कार्यालयका अनुसार धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित भएको जनाएकोछ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान गरिरहेको जनाकरी दिएको छ ।








प्रतिक्रिया दिनुहोस