
नारी बाटिका
काठमाडौँ २६ फागुन ।
शनिबार तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । आज कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोली आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित केही पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस